काठमाडौं, ५ माघ–प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न क्षेत्रमा उम्मेदवारको नामावली टुङ्गो लगाएको छ ।

पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्यालसहितका नेताहरूको उम्मेदवार टुङ्गो लागेको छ भने अन्य नेताहरूको पनि उम्मेदवारी टुङ्गो लगाएको हो।

बालेन शाह झापा–५, लामिछाने चितवन–२, अर्याल काठमाडौँ–९ बाट उम्मेदवार बन्ने भएका छन्।

उम्मेदवारी टुङ्ग्याएका निर्वाचन क्षेत्र र उम्मेदवारको नामः

ताप्लेजुङ– विरेन्द्र श्रेष्ठ
झापा–१ निशा डाँगी
झापा–२ इन्दिरा रानामगर
झापा–३ प्रकाश पाठक
झापा–४ शम्भु सुस्केरा
झापा–५ बालेन शाह
मोरङ–३ गणेश कार्की
ओखलढुंगा– विश्वराज पोखरेल
उदयपुर–२ सूर्यबहादुर तामाङ
काठमाडौं–६ शिशिर खनाल
काठमाडौं–७ गणेश पराजुली
काठमाडौं–८ विराजभक्त श्रेष्ठ
काठमाडौं–९ डिपी अर्याल ९डोलप्रसाद०
चितवन–१ हरि ढकाल
चितवन–२ रवि लामिछाने
चितवन–३ सोबिता गौतम
नवलपुर–१ राजन गौतम
जुम्ला– बिनिता कठायत
बाजुरा– हेमराज थापा
कञ्चनपुर–१ जनकसिंह धामी
कञ्चनपुर–२ दीपक बोहरा
कञ्चनपुर–३ ज्ञानेन्द्र महताराकैलाली–१ कोमल ज्ञवाली
कैलाली–३ लक्ष्मण थारू
कैलाली–४ हरि रेग्मी
कैलाली– ५ आनन्द चन्द
बाँके–३ खगेन्द्र सुनार
दाङ–२ विपिन आचार्य
रुपन्देही–३ डा लेखजंग थापा
कास्की–२ उत्तम पौडेल
स्याङ्जा–२ धनञ्जय रेग्मी

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *