केपी शर्मा

दमक, ५ माघ–एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ आगामी निर्वाचनमा इपिसेन्टर बनेको कुरा वाइयात भएको प्रतिक्रिया दिएका छन् ।

भोली (माघ ६ मंगलबार) हुने उम्मेदवारी दर्ताको लागि सोमबार झापा आइपुगेका ओलीले भद्रपुर विमानस्थलमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

ओलीलाई सञ्चारकर्मीले झापा–५ निर्वाचनको इपिसेन्टर बन्यो नि रु भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले भनेका छन्, ‘के को इपिसेन्टर हुन्छ रुवाइयात कुरा ।’

निर्वाचनका लागि शान्ति सुरक्षा अझै कायम हुन नसकेको भन्दै ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताए । विभिन्न प्रकारका अपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रवन्ध कमजोर रहेको उनको भनाइ छ ।

निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका रहेको ओलीको भनाइ छ । नेकपा एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने भन्दै उनले शान्ति सुरक्षाको स्थिति राम्रो हुनुपर्ने बताए ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत माघ ६ गते मंगलबार उम्मेदवारी दर्ताको कार्यतालिका छ। अध्यक्ष ओलीले झापा-५ बाट उम्मेदवारी दर्ता गर्दैछन्। उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टीबाट वरिष्ठ नेता बालेन शाहले उम्मेदवारी दिँदैछन् भने नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *