दमक, ५ माघ–बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्ष पदबाहेक सबै पदमा निर्विरोध नेतृत्व चयन भएको छ ।
संघको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज (सोमबार) गरिएको मनोनयनमा अध्यक्ष बाहेकका सबै पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेको हो ।
निर्विरोध निर्वाचित हुनेहरुमा उपाध्यक्ष यामकुमार चुँडाल (विर्तामोड), महिला उपाध्यक्ष सुशीला रिजाल (मेचीनगर), सचिव विनोदकुमार ढकाल (शिवसताक्षी), सदस्यहरुमा हिमालय प्रकाश लिम्बु (विर्तामोड), महेश घिमिरे (दमक), मित्रलाल खनाल (कचनकवल), उमाकान्त आचार्य (दमक) र संगीता कोईराला (शिवसताक्षी) छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा जगन्नाथ भट्टराई मेचीनगर), सदस्यहरुमा गायत्रीप्रसाद मैनाली र डिल्लीराम ढकाल (भद्रपुर) चुनिएका छन् ।
संघको अध्यक्षमा भने युवराज गिरी (विर्तामोड) र उपेन्द्रप्रसाद ओली (विर्तामोड) को उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रम अनुसार माघ ९ गते बिहान ११ बजेसम्म उम्मेदवारी अर्थात मनोनयन फिर्ताको समय तोकिएको छ । सो समयभित्र उम्मेदवारी फिर्ता नभएमा माघ १० गते अध्यक्ष पदका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
