काठमाडौं, ७ माघ–पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू-१९ महिला फुटबल टोली घोषणा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो।

घोषित टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुमन श्रेष्ठले सम्हाल्नेछन्। घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्ने लक्ष्यसहित तयारी गरिरहेको छ।

टोलीमा अलिजा विक, अनिता रानामगर, आशिका कार्की, वर्षा कुवँर, वर्षा ओली, भूमिका बुढाथोकी, ज्ञान्सु डोल्मो लो, झर्ना डुम्राकोटी, जुना तामाङ, कृतिशा तामाङ, माया मास्के र मीनमाया श्रेष्ठ रहेका छन्।

यस्तै, निर्मला आचार्य, प्रजिता राई, पूर्णिमा ताडी, सारा लिम्बू, सबनम राई, सलोनीकुमारी चौधरी, संगीतकुमारी मल्ल, सेनु पारियार, सृजना बडुवाल, सुशिला केसी र यमकुमारी विक पनि टोलीमा समेटिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *