काठमाडौँ, ८ माघ–बंगलादेशले भारतीय भूमिमा आईसीसी पुरुष टी-२० विश्वकप नखेल्ने निर्णय गरेको छ।

बंगलादेशको अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलसँगको आज भएको छलफलपछि विश्वकपका लागि भारत नजाने निर्णयमा पुगेको बंगलादेश क्रिकेट बोर्डका (बीसीबी)का अध्यक्ष अमिनुल इस्लाम बुलबुलले जानकारी दिए।

बीसीबीका अध्यक्ष बुलबुलले आफूहरू श्रीलंकामा खेल्न चाहेको कुरा आईसीसीसँग फेरि अनुरोध गर्ने बताएका छन्।

भारतसँग जारी तनावका बीचमा बंगलादेशले सुरक्षा कारण देखाउँदै विश्वकपका आफ्ना खेलहरू श्रीलंकामा सार्न अनुरोध गरेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *