कमल, ९ फागुन–झापाको कमल गाउँपालिकामा रहेको नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, कमल–४ को आयोजना, संकल्प एग्रो टेक प्रा.लि. मोरङको प्राविधिक सहयोग तथा ग्रीन फीड्स इन्डष्ट्रिज प्रा.लि.धनुषाको सौजन्यमा बुधबार संस्थाको सभाहलमा आयोजित निःशुल्क पशु स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।

उक्त शिविरमा १०५ जना शेयर सदस्यज्यूहरूद्वारा पालन गरिएका पशुहरूको १३६ वटा गोबर परीक्षण गरी निःशुल्क रूपमा नाम्ले तथा जुकाको औषधि वितरण गरिएको साथै सहभागीहरूलाई निःशुल्क टि–सर्टसमेत वितरण गरिएको संस्थाका व्यवस्थापक हरी अधिकारी जानकारी दिए ।

कार्यक्रममा गाई, बाछा–बाछी तथा भैंसीका गोठमै पुगेर वरिष्ट गाईनोलोजिस्ट डाक्टरद्वारा रोग परीक्षण, बाँझोपन सम्बन्धी परामर्श तथा आवश्यक उपचार सेवा समेत निःशुल्क प्रदान गरिएको थियो ।

त्यस्तै संस्थाका शेयर सदस्य अभिनारायण चापागाईंज्यूलाई संकल्प एग्रो टेक प्रा।लि।को तर्फबाट सम्मान पत्रद्वारा विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो।

संस्थाका अध्यक्ष बसन्त पौडेलज्यूको अध्यक्षता तथा कमल गाउँपालिका पशुसेवा शाखा प्रमुख दीपेन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संकल्प एग्रो टेक प्रा.लि.का अध्यक्ष सुरेश प्रसाद रेग्मी, वरिष्ट गाईनोलोजिस्ट डा.कपिलदेव यादव, ग्रीन फीड्स इन्डष्ट्रिज प्रा।लि।का डा.राकेश कुमार यादव, पशु चिकित्सक महेश गौतम तथा बजार प्रतिनिधि कृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *