दमक, १० फागुन–जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट भागेका लागूऔषध मुद्धाका एक थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक– ७ बस्ने बर्ष २४ का पुष्कर मगर रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट गएको टोलीले खोजतलास गर्ने क्रममा हिजो दिउँसो १ बजे मगरलाई उनकै घरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि इप्रका दमकमा ल्याइएको छ ।लागूऔषध कसुर मुद्धाका आरोपी मगर भदौ २४ गते हिरासतबाट भागेका थिए ।
