अनिलदेब राई/दमक, १३ चैत–आज (शुक्रबार) रामनवमी अर्थात चैते दशैं । यहीँ दिनलाई विशेष अवसर पारेर शुक्रबार दमकमा माया क्याफे को विधिवत सेवा शुभारम्भ गरिएको छ ।
खासगरी दमकमा फुटबल खेलको माध्यमले चीरपरिचीत एबम् स्थापित व्याािक्तत्व गजेन्द्र देवान (गजु) ले सो क्याफे सञ्चालनमा ल्याएका हुन् । देवान दमक फुटबल एकाडेमीका अध्यक्ष हुन् भने दमक तेक्वान्दो डोजाङका सल्लाहकार प्रमुख हुनुहुन्छ । त्यस्तैं, देवान दमक खानेपानी सरसफाई तथा उपभोत्ता समितिका सञ्चालक सदस्यसमेत हुनुहुन्छ ।
दमकस्थित डाँफे–मुनालको स्तम्भसहित पार्क भएको स्थान (सडक) बाट उत्तरतर्फ अर्थात गोल्डेन गेटबाट पश्चिम उत्तरतर्फ रहेको आशोक बाटिकाको भवनमा माया क्याफे स्थापना गरिएको छ । सो क्याफेलाई आज रामनवमीको अवसर पारेर सिमित व्याक्तित्वहरुको उपस्थितिमा उद्घाटन गरिएको हो ।
माया क्याफेसंगै देवानले सुविधानजनक होटलसहित गेष्ट हाउस सञ्चालनमा ल्याउनुभएको हो । होटलसहित गेष्ट हाउसको औपचारिक सुरुवात भने केही दिनपछि हुने सञ्चालक देवानले जानकारी दिनुभयो ।
सञ्चालक देवानसहित स्टाफ तथा कर्मचारीहरु, शुभेच्छुक तथा संञ्चारकर्मीहरुको उपस्थितिमा सो क्याफेको विधिवत उद्घाटन गरिएको छ । सो क्रममा देवानले आफ्नी दिवंगत पत्नी माया राई देवानको स्मृतिमा क्याफे सञ्चालन गरेको बताउनुभयो ।
‘फुर्सदको समयमा क्याफे सञ्चालन गर्ने उनको इच्छा थियो, देवानले भने–’त्यसैले उनकै नामबाट क्याफे सञ्चालन गर्ने निर्णयमा पुगुँ ।’
देवानले स्वगीय माया राई देवानको स्मृतिमा विभिन्न सामाजिक सेवामूलक कार्यहरूसमेत गर्दै आएका छन् । कति लागतमा क्याफे सञ्चालन गरिएको हो भन्ने बारेमा सञ्चालक देवानले खुलाउन चाहेनन् ।
बिना औपचारिकता र बिना तामाझाम क्याफेमा भेला भएर सेवा शुभारम्भ गरिएको थियो । क्याफेमा सेवा शुभारम्भ कार्यक्रममा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमाल, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, वरिष्ठ पत्रकार यज्ञराज आङदम्बे (बिष्णु सुब्बा), किरात राई यायोक्खा दमकका सचिव बीरेन राई, पत्रकार उत्तम रिजाल, कृष्ण कार्की लगायतको सहभागिता थियो ।

