दमक, १३ चैत–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार १५औ बार्षिकोत्सव मनाएको छ । संस्थाले आफ्नो बार्षिकोथ्त्सवको अवसर पारेर दमक–१ बुद्ध चोकमा अवस्थित किरात राई यायोक्खाको साकेला परिसर तथा माङखिम परिसरमा वृक्षरोपण गरेको छ ।

दमक–६ मा रहेको संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत धुप लगायतका फलफूलका विरुवाहरु वृक्षरोपण गर्नुका साथैं २० थान गमला हस्तान्तरण गरिएको अध्यक्ष असिम राईले जानकारी दिए ।

वृक्षरोपण विशेष कार्यक्रममा संस्थाका अध्यक्ष राईसहित सञ्चालक समितिका उपाध्यक्ष सम्झाना सावाँ, सचिव सुमन थुलुङ, ऋण समितिका संयोजक अनिमा (गोले) वाइबा, यायोक्खा दमक नगर समितिका कार्यवहाक अध्यक्ष धनजीत राई, उपाध्यक्ष ज्ञानबहादुर राई, सहकारी सञ्चालक समितिका पदाधिकारी, सदस्यहरु, कर्मचारी, शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

बार्षिकोत्सव आयोजित सो कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले सहकारी संस्थाहरुले बचत तथा ऋणको कारोवार मात्र नगरेर समुदाय केन्द्रीत आर्थिक तथा सामाजिक शसक्तीकरणको क्षेत्रमा समेत काम गर्न खाँचो रहेको औल्याएका थिए ।

संस्थाले बार्षिक कार्यक्रम अन्तर्गत बार्षिकोत्सवमा सदस्य केन्द्रीत विभिन्न सामाजिक कार्यहरु गरिआएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *