दमक, २३ चैत–झापाको दमकमा आज तेस्रो संस्करणको कोशी प्रदेश स्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिता हुँदैछ ।
दमक–५ गोर्खाली टोलको विष्ट फुटसल हलमा सोमबार आयोजित फुटसल प्रतियोगिताको उद्घाटन नगर प्रमुख रामकुमार थापाले उद्घाटन गर्नुर्भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १० वटा इसाई समाजले सहभागिता जनाएका छन् ।
दमकमा बसोबास गर्ने इसाई धर्मावलम्वीहरुको साझा संस्था दमक नगर इसाई समाज खेलकुद उपसमििितले प्रतियोगिता आयोजना गरेको हो ।
इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षतामा र दमक नगर प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन समारोह भएको छ । त्यसक्रममा नगर प्रमुख थापाले खेलकुदको माध्यमद्धारा दमकलाई देशभित्र र देश बाहिर चिनाउन खेलाडीहरु र आयोजक संघसंस्थाहरुलाई आग्रह गर्नुभयो ।

सो समारोहमा दमक नगर इसाई समाज खेलकुद उपसमितिका संयोजक शिखर राई, समाजका निर्वतमान अध्यक्ष तथा इसाई समाजका अगुवा पाष्टर आकाश थुलुङ राई, समाजका पूर्वअध्यक्ष तथा अन्तर धार्मीक शानित संजाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राई, दमक–१ मा अवस्थित कर्नरइस्टोल फाउण्डेशनका संस्थापक प्रिन्सिपल तथा पाष्टर युवराज गजमेर, कृषि उद्यमी तथा पाष्टर संञ्जिव कुलुङ राई, युवा संगती दमक नगर अध्यक्ष सुरज सुब्बा लगायत कोशी प्रदेशका विभिन्न चर्चका अगुवा पाष्टरहरुको उपस्थिति थियो ।
प्रतियोगितामा आयोजक दुई टीम (दमक नगर इसाई समाज (ए) र (बि), भुटानी शिविर बेलडाँगी इसाई समाज दमक, पथरी इसाई समाज, लेटाङ इसाई समाज मोरङ, मध्यपूर्व इसाई समाज मोरङ, कनकाई नगर इसाई समाज (झापा), शिबसताक्षी नगर इसाई समाज, धरान इसाई समाज सुनसरी छन् ।
प्रतियोगिताका बिजेताले नगद ३५ हजारसहित शिल्ड, मेडल, प्रमाण्पात्र र उपबिजेताले नगद २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने दमक नगर इसाई समाज खेलकुद उपसमितिका संयोजक शिखर राईले जानकारी दिए ।
तेस्रो संस्करण अन्तर्गतको प्रतियोगिताका लागि कुल रु २ लाख खर्च हुने अनु्मान गरिएको छ । आन्तरिक स्र्रोत र व्याक्तिगत संकलनबाट जुटाएर प्रतियोगितामा खर्च हुने संयोजक शिखर राईले बताए ।

प्रतियोगिताका लागि प्रथम प्रस्कार दमकस्थित कर्नरस्टोल फाउण्डेशनले उपलब्ध गराएका छन् भने दोस्रो पुरस्कार स्वर्गीय बुबा सुराधन नाछिरिङ राई र आमा माइती शोभा राईको स्मृतिमा छोरा पाष्टर राजकुमार नाछिरिङ राईसहित परिवारले उपलब्ध गराएका छन् । प्रतियोगिताको उद्घाटन समारोहको सञ्चालन पाष्टर आकाश थुलुङ राईले गर्नुभएको थियो ।
