लुङफाबुङ (पाँचथर), २७ चैत–किरात खालिङ राई छ्यालोस वंश उत्थान केन्द्रीय समितिको तेस्रो विस्तारित भेला विहिबार पाँचथरमा सम्पन्न भएको छ ।
देश–बिदेशमा छरिएर बसोबास गर्ने छ्यालोस वंशको एकता, भाषा, धर्म, संस्कार–संस्कृति, पंरम्पराको संरक्षण गर्ने उदेश्यले पाँचथरको फिदिम–९ लुङफाबुङमा तेस्रो विस्तारित भेला सम्पन्न भएको हो ।
किरात खालिङ राई छ्यालोस वंश उत्थान केन्द्रीय समितिका अध्यक्ष डम्बर खालिङ राईको अध्यक्षतामा र फिदिम–९ लुङफबुङका वार्ड अध्यक्ष गंगाप्रसाद राईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

लुङफाबुङस्थित लावोती सयङद्धारा निर्मित चुलोङ पार्कको भवनमा आयोजित भेलामा किरात खालिङ छ्यालोस वंशका दिवंगत पुर्खाहरुप्र्रतीको सम्मान र स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो ।
सोही अवसरमा छ्यालोस वंशका जेष्ठ आमा सम्मानतर्फ विष्णुमाया खालिङ (फिदिम–९ लुङफाबुङ) लाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तैं, पुर्खा सम्मानबाट शुक्रसिंह खालिङ (झापा गौरादह), चन्द्रवीर खालिङ (लुङफाबुङ), तीलबहादुर खालिङ (फिदिम–९ लुङफाबुङ), बुद्धिबहादुर खालिङ (फिदिम–९ लुङफाबुङ) लाई पगरी पहिराएर सम्मान गरिएको थियो ।
सोही कार्यक्रमवीच शारिरिक सुसंगठनको क्षेत्रमा क्रियाशिल व्यवसायीक संस्था ग्लालेक्सी फिटनेस (विर्तामोड) का सञ्चालक तथा बडी बिल्डर हर्क राई खालिङ र राई मुन्धुमका जानकार मानबाहादुर राईलाईसमेत किरात खालिङ छ्यालोस वंश उत्थान केन्द्रीय समितिले सम्मान गरिएको थियो ।

समितिका उपाध्यक्ष खगेन्द्र खालिङ (मोरङ रतुवामाई–सौठा) ले संस्थागत परिचय, यसका काम, योजना, क्षेत्र लगायतका बारेमा जानकार िदिनुका साथै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा फिदिम–९ का वडा सदस्य गोविन्द माया दर्जी, लावोती सयङ केन्द्रीय अध्यक्ष जीतबहादुर लावोती, पूर्ववडाध्यक्ष बालकृष्ण लावोती, खालिङ संस्कृतीकर्मी अश्मी खालिङ (सोलुखम्बु), सहित लुङफाबुङका जातीय सामाजिक संघसंस्था र विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि साथिभाईकाहरुको उपस्थिति थियो ।
त्यस्तै, सोही साँझ किरात खालिङ राई छ्यालोस वंश केन्द्रीय समितिको दोस्रो सत्रतर्फका कार्यक्रम र समिक्षासमेत गरिएको थियो । त्यसैगरी, संस्थागत योजना, कार्यक्रम र आय तथा ब्यय विबरण सार्वजनिक गर्नुका साथै त्यस बारेमा सहभागिहरुवीच अन्तरक्रियात्मक छलफल गरिएको थियो ।
दोस्रो सत्रमा वंशवाली संकलनको काम र प्रगती विबरण प्रस्तुत गरिएको थियो । समितिका उपाध्यक्ष तथा वंशावली खोज अनुसन्धानकर्ता खगेन्द्र खालिङले वंशावली संकलनको क्रममा भएका अनुभवहरु राख्दैं केही छुटफुट बाहेक हालसम्मका विबरण पेश गर्नुभएको थियो । त्यसक्रममा विबरणहरुमाथि सहभागिहरुले सुझाव, राय र प्रतिक्रियाहरु राखेका थिए ।

सो कार्यक्रममा सोलुखम्बु, संखुवासभा, काठमाण्डौ, धरान, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सिकिमका १ सय ५० बढी दाजुभाई तथा दिदीबहिनीहरु उपस्थिति थिए ।
यसअघि, प्रथम विस्तारित भेला मोरङ, रतुवामाईको सौठामा र दोस्रो विस्तारिक भेला सम्पन्न भएको थियो भने दोस्रो विस्तारित भेला झापा कमल–५ पाडाजुँङ्गीमा सम्पन्न भएका छन् । सो कार्यक्रमको सञ्चालन समितिका सचिव अनिलदेब खालिङ राईले गरेका थिए ।
