काठमाडौं, ११ वैशाख–नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अचनाक स्थगित गरेको छ । कांग्रेसले निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा निर्वाचन स्थगित गरेको हो ।

निर्वाचन कार्यतालिका मेदवारी दर्ता शुक्रबार दिउँसो ३ बजे हुनेछ भने साढे ४ सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको थियो । मतदान प्रक्रिया साँझ ५ बजेपछि सुरु गरिने नयाँ तालिका तय गरिएको थियो ।

तर अन्तिम अवस्थामा सहमतिका आधारमा दलको नेता चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको छ । समितिमा उपसभाप पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल, गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल छन् ।

दलको नेता चयनका लागि पूर्व सहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य प्रमुख दाबेदारका रूपमा देखिएका छन्। पार्टी स्रोतका अनुसार सभापति गगन थापा प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्यको पक्षमा देखिएका छन् भने उपसभापति विश्वप्रकाश शर्मा समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउन इच्छुक रहेको बताइएको छ। आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे पाँचथरबाट समानुपातिकतर्फ निर्वाचित भएका हुन्।

कांग्रेसको संसदीय इतिहासमा २०६४ सालको निर्वाचनपछि संसदीय दलको नेता सर्वसम्मत चयन हुन सकेको छैन। यसपटक पनि पार्टीभित्रको गुटीय समीकरणका कारण मतदानमार्फत नेतृत्व चयन हुने सम्भावना बलियो बनेको छ। गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट जितेको थियो। तीमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्ष बलियो देखिए पनि समानुपातिकतर्फ संस्थापनइतर समूहको प्रभाव बढी रहेको बताइन्छ।

टिकट वितरणको आधारमा हेर्दा संस्थापन पक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसद रहेको अनुमान छ। इतर समूहभित्र पनि निवर्तमान सभापति शेरबहादुर देउवा निकट १५ र शेखर कोइराला निकट ७ सांसद रहेको चर्चा छ। तर पछिल्लो समय संस्थापन र इतर समूहबीच नयाँ ध्रुवीकरण देखिएकाले अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्नेबारे स्पष्ट आकलन गर्न कठिन भएको नेताहरू बताउँछन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *