काठमाडौं, १२ वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनतालाई दुःख नदिन प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहलाई आग्रह गरेका छन्।
शनिबार काठमाडौंको सुकुम्बासी बस्ती खाली गर्न थालिएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर हर्कले जनतालाई दुःख नदिन आग्रह गरेका हुन्।
‘बालेनजी तपाइँलाई मेरो सुझाव जनतालाई धेरै दुस्ख नदिनु। जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन। सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त,’ उनले लेखेका छन्।
उनले प्रधानमन्त्री बालेनलाई विकासमा लाग्न पनि सुझाएका छन्।
‘विकासमा लाग्नु। पुरानो जुंगाको फाइट छोड्नु। आजको मितिमा तपाईकै जुंगा लामो छ ! छोड्दिनु भो,’ उनले भनेका छन्।

