दमक, २६ वैशाख–सामाजिक सेवा गर्नेै उदेश्यसहित दमकमा केन्द्रीय काार्यलयलय स्थापना गरेर रचनात्मक र सृजनात्मक गतिविधिहरु गर्दै आइरहेको पहिलो पाइला नेपाल दमक शाखाको पाँचौं अधिवेशन सम्पन्न भएको छ ।
दमकस्थित सूर्यदर्शन सहकारी संस्थाको भवनमा आज (शनिबार) सम्पन्न पाँचौ शाखा अधिवेशनले गोविन्द (राजु) निरौलालाई पहिलो पाइला नेपाल दमकको पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेका छन्।
सो अधिवेशनले निरौलालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ नेतृत्व गठन गरेको हो। संस्थाको उपाध्यक्षमा लवराज खड्का, सचिवमा पूजा दाहाल र कोषाध्यक्षमा विनोद अधिकारी निर्विरोध चयन भएका छन्।
संस्थाका कार्यसमिति सदस्यहरू तुलसा शिवाकोटी, रक्षा पाण्डे, सञ्जु शिवाकोटी, रोशन अधिकारी, दिपक पौडेल, सोनु चौधरी र नवराज अधिकारी छन् ।
त्यस्तैं, संस्थाका सल्लाहकार समिति र संस्थालाई चलायमान र गतिशिल बनाउन अन्य विभागिय उपसमितिहरु आगामी वैठकले चयन गरिने अध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

संस्थाको अध्यक्ष गोविन्द (राजु) निरौलासहित सिङ्गो समितिका पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु ।

