झिलझिले, २६ वैशाख–झापाको शिबसताक्षी–८ सृजना चोकमा सञ्चालित ओएसिस एकाडेमीले नयाँ आगान्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
त्यस्तैं, सोही कार्यक्रमवीच विद्यालयमा अनौपचारिक तह उर्तिण गरेर औपचारिक तह कक्षा १ मा प्रवेश गर्ने विद्यार्थीहरुलाई दीक्षान्त गरिएको छ ।
शुक्रबार, सृजना चोकस्थित ओएसिस् एकाडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा संस्थापक एबम् प्रिन्सिपल उदयप्रकाश राईले नयाँ आगान्तुक विद्यार्थीहरुलाई भब्य स्वागत तथा सम्मान गर्नुभएको छ । नव आगान्तुक विद्यार्थीहरुलाई खादा पहिराएर प्रेरणादायी भनाई र शब्दहरुसहितको स्वागत कार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी, सोही कार्यक्रममा कक्षा–१ मा प्रवेश गर्ने ३४ जना छात्र र छात्राहरु दिक्षित भएका छन् ।
पिजी तहदेखि कक्षा ८ सम्म पठनपाठन हुँदै आइरहेको ओएसिस् एकाडेमीका संस्थापक तथा प्रिन्सिपल उदयप्रकाश राईले जानकारी दिनुभयो । एकाडेमीका संस्थापक तथा प्रिन्सिपल राईका अनुसार विद्यालयमा नयाँ विद्यार्थीहरु आउने क्रम अझै जारी रहेको बताउनुभयो ।
ओएसिस् एकाडेमीका संस्थापक एबम् प्रिन्सिपल राईका अनुसार विद्यालयमा अनुभवी र दक्ष शिक्षक–शिक्षिकाहरुसहित सुन्दर र शान्त वातबरणमा पठनपाठन हुने भएकोले अभिभावकहरुले राम्रो विद्यालय छनौट गर्नुपर्नेमा जोड दिनुभयो । राईले विद्यालयमा पुस्तकको कोर्सबाहेक सृजानात्मक कला र प्रतिभाको विकास गराउन अतरिक्त क्रियाकलापहरु सञ्चालन गरिदैं आएको बताउनुभयो ।
सो अवसरमा विद्यालयका अभिभावकहरु र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । सहभागि अभिभावक र विद्यार्थीहरुलाई विद्यालयका तर्फबाट प्रिन्सिपल राईले धन्यवाद सहित आभार व्यक्त गर्नुभयो ।
सोही समयमा किरात राई समुदायको मौलिक र साँस्कृतिक चार्ड उभौलीसमेत मनाइएको छ । विद्यालयको प्राङ्गणमा आयोजित उभौलीमा किरात राई समुदायको साँस्कृतिक नृत्य साकेला शिलि प्रर्दशन गरिएको थियो ।
कार्यक्रमको सञ्चालन नम्रता राईले गर्नुभएको थियो ।
