दमक, ११ जेठ–कानुनले उमेर पुगेको मन मिल्नेको छ भने जो पनि मानिसहरु होटलमा कोठा लिएर बस्न पाउने इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले बताउनु भयो ।

आज (सोमबार) दमक उधोग वाणिज्य संघ दमकले ३ दिन अघि काँस्कीवाट सरुवा भइ इलाका प्रहरी कार्यालय दमक आउनु भएका प्रमुख प्रहरी, प्रहरी नायव उपरिक्षक (डिएसपी) बस्नेतको स्वागत एवम् भेटघाट कार्यक्रममा बोल्दै उहाँले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको हो ।

होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्टी बुकमा राख्न डिएसपी बस्नेतले होटल ब्यवसायीलाई आग्रह गर्नु भयो । उहाँले चेतावनी दिदै भन्नु भयो –’कुनै पनि होटल ब्यवसायीले केटी राखेर ग्राहक बोलाउने कार्य गरेमा त्यस गल्तीको माफी हुदैन । कसैलाई पनि दुवैको मन्जुरीमा होटलमा बस्ने अधिकार छ । माई बडी माई राईट र माई लाइफको । तर होटलमा धन्दा गराउने कामको भने प्रहरीले उच्च निगरानी गरी रहने डिएसपी बस्नेतको भनाई रहेको छ ।ब्यवसायीका गुनासोहरु सुन्दै प्रहरी प्रमुख बस्नेतले सार्वजनिक ठाउँमा हुने घटनाको गोप्य रुपमा सूचना दिने पनि उहाँ अपिल गर्नु भयो । आएको सुचनाको स्रोत र ब्यक्तिलाई गोपनियता सिद्धान्तमा गोप्य राख्ने पनि बस्नेतले बताउनु भयो ।

वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य संघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ,संघका वरिष्ठ उपाध्यक्ष भगवान बस्नेत लगायतले ब्यवसायीका सवालमा सहकार्य गर्दै काम गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी ब्यवसायीहरुले शंकर बस्नेत ,बुद्धि शेखर बजगाई,कमल कटुवाल र पत्रकार बिष्णु पोखरेल आदिले लागु औषध, भन्सार छली,चोरी,सुनचाँदी,यौन ब्यवसाय,हात्ती आँतक लगायतका समस्या राखेको प्रथम उपाध्यक्ष रुबल अधिकारीले बताउनु भयो । यस अघिका डिएसपी  किशोर लम्साल सरुवा भइ प्रहरी प्रधान कार्यालय तालिम शाखा नक्साल काठमाण्डौं जानु भएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *