दमक, १२ जेठ–झापाको दमकमा फुटबल खेलको विकास र नयाँ खेलाडीहरु उत्पादन गर्ने उदेश्यले स्थापना भएको दमक फुटबल एकाडेमीका अध्यक्ष एबम् पूर्व फुटबलर गजेन्द्र देवान सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।
खासगरी, शिक्षा र खेलकुदको माध्यमबाट जहेन्दार विद्यार्थी तथा प्रतिभाशाली खेलाडीहरुलाई हौसल्ला प्रदान गर्ने उदेश्यले माया क्याफे मार्फत देवानले सामाजिक सेवालाई जोड्दै आउनुभएको हो ।
यसैवीच, दमक–६ गोल्डेन गेट नजिकै रहेको माया क्याफे मार्फत पूर्व फुटबलर देवानले जेहेन्दार, लगनशिल र अनुशासित विपन्न तीन जना तेक्वान्दो खेलाडीहरुलाई विद्यालय पोशाक उपलब्ध गराउनुभएको छ । दमक तेक्वान्दो डोजाङका सल्लाहकार संयोजकसमेत रहनुभएका देवानले हिमालय माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत रेशु धिमालसहित आयाुष धिमाल र अर्पण धिमाललाई विद्यालय पोशाक प्रदान गर्नुभएको हो ।
रेशु तेक्वान्दो खेल क्षेत्रसमेत प्रतिभाशाली खेलाडी हुन् । अध्ययनसंगै खेल क्षेत्रमा रेशु धिमालले विभिन्न पदकहरु प्राप्त गनृ सफल खेलाडी हुन् । त्यसैगरुी, आयुष र अर्पणले दमक तेक्वान्दो डोजाङमा आवद्ध रहेर विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनााएर पदकहरु जीतेका छन् ।
वैशाख १ गतेबाट माया क्याफेले दमकमा गुणस्तरीय र पारिवारिक वातबरयासहितको कफी र जुससम्बन्धि सेवा विस्तार गरेको हो । नेपाली संगीत क्षेत्रका चर्चित गायक राई ईज किङ राजेश पायल राईले भब्य समारोहवीच रिवन काटेर क्याफेको सुमद्घाटन गरेका थिए ।
दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सञ्चालक देवानले आफ्ना दिवगंत जीवन साथी माया राई देवानको स्मृतिमा माया क्याफे सञ्चालमा ल्याउनुभएको हो । रुवगीय माया राई देवानको जन्मदिनको विशेष अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो । क्याफेबाट हुने आम्दानीलाई खेल जगतको विकास र प्रवर्दनमा सहयोग पुर्याउने देवानले बताउनुभयाृे ।
आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय वा कलेज जान नसकेको र पैसाकै अभावमा खेलाडीहरुले खेल क्षेत्रबाट टाढा हुनुपर्ने अवस्था नबनुन भन्ने हो, देवानले भने ।
सर्वोदय माध्यमिक विद्यालय सो कार्यक्रममा दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतबहादुर धिमाल, सल्लाहकार समिति संयोजक एबम् माया क्याफेका सञ्चालक पूर्व फुटबलर गजेन्द्र देवान, पत्रकार डिकेन्द्र बस्नेत, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा ५ का सचिव बलराम धिमाल लगायतको उपस्थिति थियो ।
