प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेत ।

दमक, १२ जेठ–इलाका प्रहरी कार्यालय दमकका नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतलाई दमक नगर इसाई समाजले आज परिचयात्मक भेटघाटसहित स्वागत कार्यक्रम गरेको छ ।

पाँच दिनअघि झापाको माईपश्चिम क्षेत्रको नेतृत्व गर्न इलाका प्रहरी कार्यालय दमकको आएका डिएसपी बस्नेतलाई मंगलबार इसाई समाजको एक टोलीले परिचयात्मक भेटघाटसहित स्वागत गरेका हुन् ।

डिएसपी बस्नेत यसअघि कास्की जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । डिएसपी बस्नेत जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत हुँदा प्रहरी प्रधान कार्यालयबाट “उत्कृष्ट प्रहरी कार्य” विधामा विशेष सम्मानित भएका थिए ।

समाजका उपाध्यक्ष पाष्टर राम राईको नेतृत्वमा इलाका प्रहरी कार्यालयमा पुगेको टोलीले डिएसपी बस्नेतलाई खादा पहिराएर स्वागत गरेका थिए । त्यसक्रममा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष एबम् सल्लाहकार सदस्य पाष्टर आकाश थुलुङ राईले इसाई समाजको संस्थागत परिचय गराउनुका साथै विगतमा इसाई समाजले दमक नगरपालिकाको कार्यालय, इलाका प्रहरी कार्यलय र समुदायसंग हात्तेमालो र सहकार्य गरेर लागुऔषध, सवारी दुर्घटना, रक्तदान र सरसफाईसम्बन्धिका सामाजिक सेवामुखी गतिविधिहरुका बारेमा प्रष्ट पार्नुभएको थियो ।

त्यस्तैं, पाष्टर थुलुङले दमकमा बढ्दो लागु औषधको प्रयोग र किनवेचलाई न्यूनिकरण गर्न सकिने विषयमा दमक नगर इसाई समाजले खेल्न सकिने भूमिकाको बारेमाासमेत डिएसपी बस्नेतलाई जानकारी गराउनुभएको थियो । सो क्रममा पाष्टर थुलुङले इलाका प्रहरी कार्यालयमा आइपुग्नुभएका डिएसपी बस्नेतलाई दमकको शान्ति सुरक्षामा दमक नगर इसाई समाजले रचनात्मक र सकारात्मक साथ र सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा दमक नगर इसाई समाजका पूर्व अध्यक्ष तथा आन्तर धार्मीक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले विचार, धर्म, दर्शन, राजनीति, आस्था आ–आफ्नै स्थानमा भएपनि शान्ति–सुरक्षा, समाज परिवर्तन र मानव अधिकारका निम्ति दमक नगर इसाई समाज एकजुट भएर सहयोग गर्ने स्पष्ट पार्नुभयो ।

त्यस्तैं, दमक नगर इसाई समाजका र्संस्थापक रेभ एनडी थुलुङ राई, पूर्व सन्देश दैनिकका सम्पादक तथा वरिष्ठ पत्रकार गंन्जबहादुर दाहाल, इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक नबीन राई, दमक नगर इसाई समाजका पूर्वअध्यक्ष पाष्टर दावा शेर्पा, दमकस्थित कर्नर स्टोन फाउण्डेशनका संस्थापक प्रिन्सिपल एबम् पाष्टर युवराज घिमिरे, डिलिया मन्टेश्वर स्मार्ट स्कुलका प्रिन्सिपल दीपक न्यौपाने, समाजका पूर्व अध्यक्ष किशोर सुनुवार लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *