क्याम्पा बजार (कमल), १२ जेठ–राष्ट्रिय खोप कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रम हो । यसलाई जन स्वास्थ्यको सफल मध्ये प्रमुख कार्यक्रमको रुपमा इंगित गरिन्छ । स्वास्थ्य क्षेत्रमा सवै भन्दा लागत प्रभावकारी र बाल मृत्युदर घटाउन प्रमुख भूमिका रहेको कार्यक्रमको रुपमा राष्ट्रिय खोप कार्यक्रमलाई लिईन्छ ।
यस कार्यक्रमको लागि लक्षित समुह भनेको १५ महिना मुनिका बालबालिकाहरु हुन् । यसमा १३ वटा सरुवा रोगहरु (क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, जापानिज ईन्सेफालाईटिस, दादुरा, रुबेला र जापानिज इन्सेफलाइटिस,टाइफाइड) बिरुद्दका खोपहरु दिईन्छ । यसका साथै गर्भवती महिलाहरुः (गर्भवती महिलाहरुका लागि टी।डी।, धनुष्टंकार र भ्यागुते रोग बिरुद्ध) पनि खोप लगाईन्छ ।
यसैवीच आज कमल गाउँपालकालाई आज “पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारालाई आत्मसात गर्दै कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख दीपक दाहालका अनुसार कमल गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सगै कमल गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

गाउँपालिकाकी उपाध्यक्ष प्र्रमिला न्यौपाने तिवारीको अध्यक्षतामा र जन स्वास्थ्य काार्यलय झापाका खोप अधिकृत राजकुमार पोख्रेल, कमल गाउँपालिाका वडा नम्बर ६ का अध्यक्ष नरेन्द्र भट्टराई, कार्यापालिका सदस्य चन्द्रकुमारी लिम्बूसहित स्वास्थ्यकर्मीहरु र गाउँपालिकाभरका स्वयम् सेविकााहरुको उपस्थितिमा पूर्ण खोप सनिश्चिता तथा दिगोपना घोषणा गरिएको हो ।
बालबालिकाको स्वास्थ्य सुरक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाका सातै वडामा सफलतापूर्वक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भइसकेकोले पनि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सम्भव भएको हो ।
कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणासम्म ल्याउनकालागी गाउँपालिकाले सञ्चालन गरेका स्वास्थ्य संग सम्मन्धित सम्मुर्ण कार्यक्रम सफल पार्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै गाउँपालिका भित्र सन्चालनमा रहेका ८ वटै आधारभुत स्वास्थ्य केन्द्र, सातै वाड तथा २४ जना महिला स्वास्थ्य स्वायम सेविकालाई प्रसंशा पत्र द्घारा सम्मान गरिएको थियो ।
गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा समुदायस्तरमा खटिएका अभियानकर्मीहरूको अथक मेहनत, समर्पणले मात्र गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न सफल भएको उल्लेख गर्दै यो केवल स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम मात्र नभई, तपाई हाम्रो सामाजिक जिम्मेवारी र भावी पुस्ताप्रतिको दायित्व पनि हो । तपाई हामी सबैको साझा प्रयासबाट मात्र आजका दिनमा गाउँपालिकालाई पूर्ण खोप अभियानलाई दिगो बनाउन सफल भएका छौं ।
सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ६ नम्बर वडाध्यक्ष नरेन्द्र भट्टराई, कार्यापालिका सदस्य चन्द्रकुमारी लिम्कू, जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोख्रेल, खोप सुपरभाइजर बालकृष्ण भण्डारी, गाउँपालिकाका सवै स्वास्थ्यकर्मीहरु, स्वयमसेविकाहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सहजिकरण स्वास्थ्य शाखा प्रमुख दीपक दाहालले गर्नुभएको थियो ।
