दमक, १२ जेठ–सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दमक–६ मा अवस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाले १७औँ वार्षिक उत्सवको अवसर पारेर रक्तदानसहित एसईई उर्चिण गर्ने चार जना विद्यार्थी र रक्तदातालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।

सहकारी संस्थाका कार्यालय व्यवस्थापन अन्तर्गत कर्जा विभाग प्रमुख इश्वर नेपालका अनुसार दमक–६ हाँट खोला प्रवेश मार्गमा अवस्थित कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १ सय ९५ जनाले रक्तदान गरेका छन् ।

कर्जा विभाग प्रमुख नेपालले सहकारी संस्थाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा दमकस्थित रेडक्रस सोसाइटी रक्तसंचार विभागको प्राविधिक सहयोग रहेको थियो ।

सस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेम कुमार कोइरालाको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *