दमक, १४ जेठ–दमक–७ को नयाँ ट्याक्सी स्टेण्डको परिसर क्षेत्रमा बुधबार विहान सरसफाई गरिएको छ । स्वरोजगार हलुका सवारी श्रमिक संस्थाले दमकस्थित ट्याक्सी स्टेण्ड परिसरमा सरसफmाई गरिएको हो ।

सरसफाई कार्यक्रममा हलुका सवारी श्रमिक संस्थाको अयोजनामा नेपाल यातायात मजुदर संघ, दमक नगरपालिका र इलाका प्रहरी कार्यालय दमकको संयुक्त सहकार्य रहेको थियो ।

दुई वर्ष अघिदेखि नगरपालिकाको कार्यालयले सो क्षेत्रमा जग्गा उपालब्ध गराएको हो । नगरपालिकाको कार्यालयले ट्याक्सी स्टेण्डका लागि जग्गा उपलब्ध गराएपछि ट्याक्सी चालकहरुले ट्याक्सी पार्किङ गर्दै आइरहेका छन् ।

अहिले सो क्षेत्रमा श्रमिक चालकहरुले आँप, लिची, कागती, केरा, उखुँ लगायत फुलका विरुवाहरु लगाएर हरिायाली बनाइएको छ । सोही विरुवााहरु गोडमेल गर्दैै सरसफाई कार्यक्रम उत्साहजनक सम्पन्न भएको सञ्चारकर्मी एबम् श्रमिक नेता बेनुपराज प्रसाईले जानकारी दिए ।

ट्याक्सी पाकिङ परिसरमा विभिन्न जातका फलफूलका विरुवाहरु लगाइएको छ । दमकको मुख्य चोक, आसपास क्षेत्र र सडकको दायाँबायाँ अवव्यवस्थित पार्किङ गरिएको सवारी साधनले दमकलाई कुरुप बनाउनुका साथै दुर्घट्ना बढ्न सक्ने भएपछि ट्याक्सी स्टेण्डलाई दमक–७ को खाली क्षेत्रमा स्थान्तरण गरिएको हो ।

स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका अध्यक्ष बालकृष्ण श्रेष्ठ, नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक संघ अध्यक्ष खड्का पाण्डे, सचिव डिल्ली अधिकारी, कोषाध्यक्ष हिराबहादुर (अजय) मगर, जीवन चक्र समाज नेपालका अध्यक्ष गणेशप्रसाद गौतम, दमक नगर प्रहरी प्रमुख रुद्र कार्कीसहित दुई दर्जन बढी श्रमिक चालकहरुको सहभागिता थियो ।

 

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *