काठमाडौं, २० जेठ–नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्।

पार्टीले सुरू गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा आज बोल्दै पौडेलले एमाले यही रूपमा र यस्तै ढंगले सञ्चालन हुन नसक्ने पनि बताए।

पौडेलले यस्तो कुरा राख्दा मञ्चमा अध्यक्ष केपी शर्मा ओली पनि थिए।

‘हाम्रो पार्टी यही रूप र ढंगले अघि बढ्न सक्दैन भन्ने निष्कर्षको साथमा हामीले पार्टीको संगठनात्मक जीवनलाई पुनर्गठन गर्नेछौं भन्ने सचिवालयको बैठकबाट निकालेका छौं,’ उनले भने, ‘यो निर्वाचनमा किन धक्का बेहोर्नुपर्‍यो भन्ने कारणमा हामी जान चाहेका छौं। समग्रतामा हामी समीक्षा गर्नेछौं।’

अध्यक्ष ओलीले आफ्नो सम्बोधनका क्रममा उपाध्यक्ष पौडेलले उठाएका विषयमा पनि कुरा राखेका थिए।

ओलीले पार्टीभित्र समीक्षा गर्नुपर्नेमा केही नेताहरू आत्मभर्त्सना गरेर बसिरहेको बताए। ‘फेरि नयाँ शिराबाट हामीले आफूलाई तयार गर्न जरूरी छ। आफूलाई तयार गर्न सँगै मित्र शक्ति खोज्ने उनीहरूलाई सहमत गराउने र अगाडि बढाउने कुरा आवश्यक छ। हाम्रो पार्टीभित्र पनि आँत्तिने हरेस खाने खालका प्रवृत्ति देखा परेका छन्,’ उनले भने।

कतिपय नेताहरूमा अन्यौल देखिएको उनले बताएका थिए।

‘कतिपय साथीहरूमा अन्योल देखा पर्‍यो। विरोधीले कत्रो हमला गरिरहेको छ। कसरी हमला गरेको छ त्यो कुरा नबुझ्ने अनि आफ्नै आत्मभर्सना गर्नेरु आफैले के(के गरियो, कमी गरियो भनेर भर्त्सना गर्नेरु केही पाइएन भने शीर काटेर टेबुलमा राखिदियो, शिर बिनाको भयो भने हाम्रो पार्टी मज्जाले अगाडि बढ्छ कुद्छ भन्ने भ्रम पालिरहेका छौं,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *