दमक, १४ असार–जननेता मदनकुमार भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आज मदान भण्डारी फाउण्डेशन झापाले दमकमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । दमक–६ स्थित भक्त सपिङ सेन्टरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको छ ।
रक्तदानमा नेकपा (एमाले) का नेता, कार्यकर्ताहरु र शुभेच्छुकहरु गरि ६२ जनाले रगतदान गरेका हुन् ।
फाउण्डेशनका जिल्ला अध्यक्ष हरिचरण शिवाकोटीको अध्यक्षतामा भएको रक्तदानमा १६ महिलासहित ६२ जनाले रक्तदान गरेको फाउण्डेशनका जिल्ला सचिव शिव ढुंगेलले जानकारी दिए ।
कार्यक्रममा रक्तदानमा सहभागि रक्तदाताहरुलाई पार्टी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री देवेन्द्र दाहालले प्रंशसापत्र वितरण गरे ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा दमकको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा फाउण्डेशनका कोशी प्रदेश कमिटी उपाध्यक्ष युवराज वाँस्कोटा, पार्टीका केन्द्रीय सदस्य होमबहादुर थापा, पार्टीका दमक नगर अध्यक्ष राम पौडेल लगायतका नेता कार्यकर्ता, युवाहरु र सर्वसाधारणहरुको उपस्थिति रहेको फाउण्डेशनले जनाएको छ ।
