काठमाडौँ, १५ असार–नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका लागि ३ दिनको म्याद थप भएको छ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले आजको मितिदेखि लागू हुनेगरी थप ३ दिनको म्याद थपेको हो। उनीमाथि अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभागले दोस्रोपटक १५ दिनको म्याद मागेको थियो।

विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले म्याद थपको अनुमति दिएको बताए।

लामिछानेले भने, ‘सम्पत्ति शुद्धिकरण ९मनी लाउन्डरिङ० मुद्दाको अनुसन्धान क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई आज अदालतबाट दोस्रोपटक दिन ३ म्याद थप भएको छ। उहाँको थप बयान तथा अन्य आरोपीहरूको समेत म्याद थप भएको छ।’

पौडेलले गरेको शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको दाबी विभागले गर्दै आएको छ। पौडेल ८ असारमा सुर्खेतबाट पक्राउ परेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *