काठमाडौं, २० असार–फिफा विश्वकपको जारी संस्करणमा नकआउट चरण (अन्तिम-१६)  को समीकरण पूरा भएको छ। शनिबार बिहान सम्पन्न अन्तिम चरणका दुई खेलहरूसँगै विश्वकपको नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको हो।

शनिबार बिहान अर्जेन्टिनाले केप भर्डलाई र कोलम्बियाले घानालाई पराजित गर्दै अन्तिम-१६ मा आफ्नो स्थान सुरक्षित गरे।

यसअघि नै समूह चरणका प्रतिस्पर्धात्मक खेलहरूमा प्रभावशाली जित निकाल्दै पाराग्वेले जर्मनीलाई, बेल्जियमले सेनेगललाई, अमेरिकाले बोसनिया एन्ड हर्जगोभिनालाई, स्पेनले अस्ट्रियालाई र पोर्चुगलले क्रोएशियालाई पाखा लगाउँदै प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेका थिए।

त्यस्तै, ब्राजिलले जापानलाई, नर्वेले आइभोरी कोस्टलाई, मेक्सिकोले इक्वेडरलाई, इंग्ल्याण्डले कंगोलाई, स्विट्जरल्याण्डले अल्जेरियालाई र इजिप्टले अस्ट्रेलियालाई पराजित गर्दै आफ्नो यात्रा तय गरेका थिए। यसैगरी, क्यानडाले दक्षिण अफ्रिकालाई र मोरक्कोले नेदरल्याण्ड्सलाई हराउँदै नकआउट चरणमा स्थान पक्का गरेका थिए।

अब अन्तिम(१६ को प्रतिस्पर्धाअनुसार क्यानडाले मोरक्कोसँग, फ्रान्सले पाराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्विट्जरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछन्।

यी रोचक खेलहरू आजै रातिदेखि सुरु हुँदैछन्। नकआउट चरणको पहिलो खेलमा आज राति १०-४५ बजे ह्युस्टन स्टेडियममा क्यानडा र मोरक्कोबीच भिडन्त हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *