काठमाडौं, २४ असार–सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार कार्कीले अब नेपाल सरकारको प्रशासनिक नेतृत्व सम्हाल्नेछन्।
मुख्य सचिवमा नियुक्त कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत थिए। लामो प्रशासनिक अनुभव भएका उनी अब मुलुकको निजामती प्रशासनको सर्वोच्च पदमा नियुक्त भएका छन्।

