दमक, २४ असार–झापाको दमक ३ बेलडाँगीस्थित एक सुन पसलको सटर फोरेर ठूलो परिमाणमा सुन चाँदीका गरगहना चोरी भएको छ ।

बेलडाँगी टु–स्थित पिप्ले बजारमा रहेको सरस्वती ज्वेलरी रहेको घरको पछाडीवाट ढोका र सटर फोरे सुन चाँदीका गरगहनासहितका सामाग्रीहरु ठूलो परिमाणमा चोरी भएको हो ।

आज (बुधबार) विहान ८ वजे पसल खोल्न आउदा पसल फोरिएको अवस्थामा रहेको सरस्वती ज्वेलरीका सञ्चालक दिलबहादुर दर्नाल विश्वकर्माले बताउनु भयो ।

सुन पसल चोरीको घटनाको जानकारी पाउन साथ दमक–३ मा रहेको प्रहरी चौकी बाघखोर र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षक प्रमोद खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको बताइएको छ ।

आजै दिउसो सरस्वती ज्वलरीका सञ्चालक विश्वकर्माले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएको कार्यालयका प्रहरी निरिक्षक नविन राईले बताउनुभयो ।

सरस्वती ज्वलरीका सञ्चालक दिलबहादुरले दिएका जानकारी अनुसार पसलबाट सुनको नोगेडी १८ पिस,सुनको पेन्डल १८ पिस,सुनको सिक्री र चन्दाहार लगायतका सुनका गहनाहरु अन्दाजी १० तोला सुन र चाँदीको करुवा १ थान, चाँदीको थाल ३थान,पाउजु लगायतका चाँदीका साामग्री करिव १२ किलो चोरी भएको छिमेकी सुन पसले पदम शंकरले बताउनु भयो ।

सरस्वती सुन पसलका अर्को सुन पसलको सुन चाँदीका गरगहना साँझ सोही पसलमा ल्र्याएर राख्ने गरेका कारण पनि दुवै पसलको सुनचाँदी समेत चोरी भएको दिलबहादुरले बताउनु भयो ।

एता पसलको सिसी क्यामेरा पनि हिजै बिक्रीएको बुझिएको छ । सरस्वती सुन पसलका सञ्चालक मध्येका अका सञ्चालक कुलबहादुर विश्वकर्माले विना विलको सुन चाँदीका सामाग्री बेचबिखान गर्न ल्याएमा नजिकेको प्रहरी कार्यालयलाई खबर गरिदिन पनि आग्रह गर्नु भएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *