गणेश पराजुली

काठमाडौँ, २९ असार–सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन न्युनतम मापदण्ड तय गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार सञ्चारकर्मीसँग छलफल गर्दै उनले पछिल्लो समय सञ्चारमाध्यमको संख्यामा भएको वृद्धिलाई दृष्टिगत गर्दै उपनेता पराजुलीले कार्यविधि (टीओआर) परिमार्जनको आवश्यकता औंल्याए।

‘आज मिडियाको संख्या अत्याधिक बढेको छ। यसलाई व्यवस्थित बनाउने क्रममा टीओआर कसरी तयार गर्ने, त्यसमा कसरी सुधार गर्ने भन्ने विषय महत्त्वपूर्ण छ’, उनले भने, ‘त्यसैगरी, संसदीय मामिलामा भूमिका निर्वाह गर्ने सञ्चारकर्मी साथीहरूले अझ प्रभावकारी रूपमा काम गर्न सकुन् भन्ने उद्देश्यले यहाँहरूले नै प्रशिक्षणको आवश्यकता औँल्याउनुभएको छ। यो वास्तवमै सोचनीय विषय हो।

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको हो कि भन्ने जिज्ञासाको खण्डन गर्दै उहाँले प्रेस स्वतन्त्रताप्रति पार्टी प्रतिवद्ध रहेको प्रष्ट परे । उपनेता पराजुलीले आगामी दिनमा कानून निर्माणको प्रक्रिया र संसदीय भूमिकामा सञ्चारकर्मीहरूसँग नजिक रहेर सहकार्य गर्ने प्रतिबद्धता समेत जनाए।

‘सञ्चार जगतलाई बन्द गराउने वा कुनै प्रकारको बन्देज लगाउने हाम्रो कुनै सोच वा उद्देश्य छैन । त्यसको कल्पना पनि गर्न सकिँदैन’, उनले भने, ‘हाम्रो उद्देश्य केवल यसलाई कसरी अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन सकिन्छ तथा यहाँहरूको अनुभवले के देखाएको छ भन्ने कुरा बुझ्नु मात्र हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *