काठमाडौं, २ साउन–नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा दुर्घटनामा परेका छन्। हङकङमा रहँदा केही दिनअघि बाथरुममा चिप्लिएर लड्दा उनको दायाँ हात भाँच्चिएको छ।
देउवानिकट उच्च स्रोतका अनुसार, दुर्घटना लगत्तै उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। प्राथमिक उपचारपश्चात् उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।
स्वास्थ्य उपचारका लागि लामो समयदेखि विदेशमा रहेका देउवा १३ फागुन २०८२ मा सिंगापुर प्रस्थान गरेका थिए। त्यसपछि थप उपचारको प्रक्रिया अघि बढाउन उनी ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका हुन्।
पछिल्लो समय उनी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँगै हङकङमा रहँदै आएका थिए।

