चन्द्रडाँगी, ७ साउन–पूर्वप्रधानमन्त्री एबम् नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइराला (वीपी) को ४४औं स्मृति दिवसमा देशैभर रचतात्मक कार्यक्रम गरिएको छ ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद, एकता र मेलमिलापको सवालमा स्वर्गीय वीपि कोइरालालाई स्मरण गर्दै प्रत्येक वर्ष साउन ६ गते स्मृति दिवस मनाउने गरिन्छ ।

यसैवीच, झापाको शिबसताक्षी नगर क्षेत्रमा प्रर्वप्रधानमन्त्री तथा जनतेता वीपी काईरालाप्रती सम्झाना गर्दै वृक्षारोपण गरिएको हो ।

नेपाली कांग्रेस शिबसताक्षी–७ वडा समितिले चन्द्रडाँगीस्थित वडा कार्यालयको परिसरमा रुदाक्ष, स्वामी, अशोक, आँप, अमला लगायतका विरुवाहरु रोपिएको छ ।

नेपाली कांग्रेस शिबसताक्षी नगरका युवा नेता तुलाराम बोखिमको नेतृत्वमा वूक्षारोपण गरिएको हो । वडा सभापति वीरवहादुर पौडेलको अध्यक्षतामा र नगर सभापति अशोक बस्नेतको उपस्थितिमा वूक्षारोपण कार्यक्रम सम्पन्न गरिएको युवा नेता बोखिमले जानकारी दिनुभयो ।

त्यस्तैं, वीपी स्मृति दिवसको अवसर पारेर शिबसताक्षी–१, शिबसताक्षी–८, शिबसताक्षी–११ र शिबसताक्षी–६ ले आ–आफ्नो वडामा वूक्षारोपण गरिएको नगर सभापति बस्नेतले बताउनुभयो ।

शिबसताक्षी–१ धरमपुरमा कांग्रेस नेता बिनोद ढकाल, नरेन्द्र बोहोरा, कुमार शंखर, जयकुमारी चेम्जोङ, धरपमुर बजार व्यवस्थापन समिति अध्यक्ष लीलाबहादु (कुमार) जोशी लगायतको उपस्थितिमा वूक्षारोपण गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *