दमक, १५ साउन–दमकमा शुक्रबारदेखि गोर्खाली सेकुवा कर्नर सञ्चालनमा आएको छ । युवा व्यवसायी उदयप्रकाश राई र निर्मला लिम्बूले संयुक्त लगानीमा दमक–६ मा गोर्खाली सेकुवा कर्नर सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार, दमक–६ सूर्योदय स्कुलको प्रवेद्ध गर्ने सडकमा अवस्थित गोर्खाली सेकुवा कर्नरको उद्घाटन दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले गरेका छन् ।
सेकुवा कर्नरको उद्घाटन गर्नुहँदै दमक उद्योग बाणिज्य संघका अध्यक्ष गुरागाईले दमकमा होटल व्यवसायतर्फ आर्कषक बढ्दो अवस्थामा रहेको बताए ।
अध्यक्ष गुरागाईले खाजा, खाना र अरु खानपानका स्वाद दमकका होटलहरुमा प्रशस्तै पाइन्ने तर खानपानमा मौलिकता र साँस्कृतिक पहिचानका स्वादलाई व्यवसायमा जोड्न नसकेको बताए । गुरागाईले स्थानीय जाती र समुदायले बनाउँदै आएका मौलिक र साँस्कृतिक खानपानका स्वादलाई व्यवसायमा रापन्तरण गर्न जोड दिए ।
गोर्खाली सेकुवा कर्नरमा लोकल कालो सुङ्गुरको मासुलाई भट्टि चोल्होमा तयार गरिने र ढुंङ्गामा समेत सेकुवा बनाइने स१चालक राईले जानकारी दिए । त्यस्तैं, सो सेकुवा कर्नरमा किरात राई जातीको साँस्कृतिक खाना वाछिप्पा (कुखुँराको तिते) समेत उपलब्ध हुने सञ्चालक राईले बताए ।
सो सेकुवा कर्नरमा पेय पदार्थतर्फ लोकल तोङ्बा, सिकुटी, पोलेको माछाहरु उपलब्ध हुनेछ । त्यहाँ, विभिन्न स्वादका हुक्का, पेय पदार्थहरु पाइन्नेछ । त्यसैगरी, सेकुवा कर्नरमा खाजातर्फ थुप्पा, चाउमिन, मोःमो पाइन्ने सञ्चालक राईले बताए ।
कमल गाउँपालिका वडा नम्बर १ बाँसबारी निवासी सेकुवा कर्नर सञ्चालक रार्इंले बैदेशिक रोजगारीलाई त्यागेर म आफ्नै देशमा दुख्ख गर्छु भनेर व्यवसायमा जोडिएको बताए ।
सेकुवा कर्नर उद्घाटन कार्यक्रममा दमक उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रुवल अधिकारी, प्रेष क्लल दमकका सचिव सुजन गौतम लगायतको उपस्थिति रहेको थियो ।
