काठमाडौं, १५ साउन–इरानी मिसाइल आक्रमणबाट कुवेतमा एक नेपाली श्रमिकको ज्यान गएको छ। मृत्यु हुनेमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङ रहेका छन्।

कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा आक्रमण हुँदा नेपाली श्रमिकको मृत्यु भएको हो। घटना हिजोको हो। ताामङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए।

इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट पश्चिम एसियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या दुई पुगेको छ। यसअघि यूएईमा गोरखाका दिवस श्रेष्ठको मृत्यु भएको थियो।

कुवेतको रक्षा मन्त्रालयले बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार इरानको आक्रमणले देशको उत्तरी क्षेत्रमा रहेको एक चिनियाँ कम्पनीको भवनलाई निसाना बनाउँदा एक श्रमिकको मृत्यु भएको जनाएको थियो। भवनमा ठूलो परिमाणमा भौतिक क्षति पुगेको छ।

कुवेत सरकारले एक साताअघि जारी गरेको विवरणअनुसार कुवेतमा एकलाख ८६ हजार नेपाली कार्यरत छन्। जसमा कम्पनीमा एक लाख १५ हजार, घरेलु श्रमिकमा ६८ हजार ९ सय र सरकारी क्षेत्रमा चार सय २१ जना काम गरिरहेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *