काठमाडौँ, १६ साउन–पूपूर्वराष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
मुलुकको पछिल्लो परिस्थितिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै उनले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान समसामयिक विषयमा छलफल गर्न आयोजना गरेको भेटपछि पत्रकासँग कुरा गर्दै यादवले भौगोलिक, जातीय, धार्मिक र सांस्कृतिक विविधताको रक्षा गर्दै सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिए।

