झापा, १६ साउन–देशभरका विभिन्न ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । भरि सिलिण्डर बिक्री गर्न थालिएको एक साता नबित्दै बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेको हो ।

ग्यास नपाएपछि उपभोक्ताहरु ग्यास सप्लायर्सकहाँ लाइन बस्न बाध्य छन् । एक सिलिन्डर ग्यास साट्नका लागि पनि हप्तौँ कुर्नुपर्ने उपभोक्ताको बाध्यता छ ।

यसअघि ग्यास अभावको समस्या समाधान गर्न नेपाल आयल निगमले फागुन अन्तिम सातादेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । तर, बजारमा भरी सिलिण्डर ग्यास वितरण हुन थालेसँगै माग बढ्दा अभाव हुन थालेको ग्यास डिलर्सहरुले बताएका छन् ।

तर, यता निगमले भने ग्यास अभाव नभएको दाबी गर्दै आएको छ । निगमले बजारमा ग्यास अभाव नरहेको दाबी गरे पनि ग्यास सप्लायर्समा उपभोक्ताको अत्याधिक भीड लाग्दै आएको पाइन्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *