जनता बजार (शिवसताक्षी), १७ साउन–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिवार झापाको शिवसताक्षीमा एकता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त भेलाले नेकपा नगर कमिटीमा दुर्गा नेम्वाङको संयोजकत्वमा १०१ सदस्यीय पालिका कमिटी घोषणासँगै सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सोही भेलाले नगरको ११ वटै वडा स्तरीय कमिटीको संयोजक र वडा स्तरीय कमिटीको इन्चार्जसमेत तोकिएको नेकपा शिबताक्षी नगर कमिटी अध्यक्ष नेम्बाङले बताए ।
शिवसताक्षी–५ जनता बजारस्थित कनकाई नहरको सभाहलामा सम्पन्न शिवसताक्षी नेकपा नगर कमिटीको प्रथम एकता भेलामा पार्टीका केन्द्रीय नेता तथा कोशी प्रदेशका पूर्व कृषि मन्ँत्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो ।

