दमक, १७ साउन–दमक–५ हरिओम कोलनीस्थित सिक्ने स्कुल सर्वोदय अंग्रेजी माध्यमकि विद्यालयले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई शनिबार स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

अघिल्लो वर्षदेखि सर्वोदय माध्यमिक बिद्यालयमा कक्षा–११ र कक्षा–१२ पठनपठान भएको हो । सो विद्यालयमा होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स लगायत विषयमा बिद्यार्थीहरु अध्ययनरत छन् ।

दमकस्थित नेपालीरिका होटलमा सर्वोदय बाल क्लबका बिद्यार्थीहरुको सक्रियतामा कक्षा–११ का विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा विद्यालयका कक्षा १० र कक्षा–१२ का विद्यार्थीहरूले साँस्कृतिक पहिचान झल्किने साँस्कृतिक पोशाकमा आकर्षक स्वागत गीत र नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन प्रदान गरेका थिए ।

प्रितम बर्देबा (कक्षा–१२) को अध्यक्षतामा र विश्वजीत श्रेष्ठ (कक्षा–१२) ले स्वागत मन्तब्य गरिएको कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) को प्रमुख आतिथ्यता रहेको थियो ।

सो कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नबीनय योगीले सर्वोदय स्कुललाई सिक्ने स्कुलको बातवरणसहित सुरुवात गरिएको र आज कक्षा–१२ सम्म अध्ययन र अध्यापन गराउन सफल भएकोमा गर्भ व्यक्त गर्नुभयो ।

प्रिन्सिपल योगीले सर्वोदय माध्यमिक विद्यालय स्थापानादेखि हालसम्मका रचतात्मक गतिविधिहरुसहित विद्यालयको आगामी योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रिन्सीपल योगीले बिद्यालयले बिद्यार्थी र अभिभावकको हितलाई माथि राखेर शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने बताए । उनले विश्व बजारमा बढ्दो होटल मेनेजमेन्ट तथा पाक कला सम्बन्धीको सीप र ज्ञान बिद्यार्थीहरुमाझ लैजान पाउँदा सर्वोदयलाई सन्तुष्टि मिलेको बताए ।

सो कार्यक्रममा दमक नगर शिक्षा विकास समितिका संयोजक एबम् दमक–९ का वडाध्यक्ष कुवेर भट्टराई, सर्वोदय अंग्रेजी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल सुवेदी, विद्यालयका निवर्तमान अध्यक्ष गंगाराम भट्टराईसहित सर्वोदय विद्यालयका सञ्चाल र पत्रकारकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सृबिना राई (कक्षा–१०) र सानबि कट्टेल (कक्षा–१०) ले आर्कषक र मनोरञ्जतात्मक शैलीसहित संयु्क्त रुपमा सञ्चालन गरेका थिइन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *