झिलझिले, १८ साउन–झापाको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा बोलबमका लागि आएका श्रद्धालु दर्शानार्थीहरुलाई पहिलो पाइला नेपालले पिउने पानी र फुलफूल वितरण गरेको छ ।

श्रवण महिनाको तेस्रो सोमबारको अवसर पारेर आज शिबसताक्षी–११ मा अवस्थित सताक्षधिाममा आएका दर्शानाथीलाई पहिलो पाइला नेपालले पिउने पानी र फुलफूल वितरण गरेको हो ।

दमकमा सामाजिक सेवा गर्नें उदे्रश्यले स्थापना भएको पहिलो पाइला नेपालले बोलबमका लागि सताक्षीधाममा आइपुगेका दर्शनार्थी र भक्तजनलाई पिउने पानी तथा फलफूल वितरण गरिएको अध्यक्ष गोविन्द निरौलाले जानकारी दिए ।

सोमबार, बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको सेवामूलक कार्यक्रममा सताक्षीधाम पुगेका सयौं भक्तजनलाई पानी तथा फलफूल वितरण गरिएको हो, अध्यक्ष निरौलाले बताए ।

पहिलो पाइला नेपालले यसअघि दमक–६ स्थित पशुपति मन्दिर र दमक–५ स्थित धनेश्वर मन्दिरमा श्रावण महिनाको सोमबारका अवसरमा यस्तै सेवा कार्यक्रम सञ्चालन गरिसकेको छ।

धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई जोड्दै संस्थाले निरन्तर यस्ता सेवामूलक अभियान सञ्चालन गर्दै आएको जनाएको छ। सामाजिक सेवामा सक्रिय पहिलो पाइला नेपालले विगत केही वर्षदेखि विद्यार्थीहरूलाई विद्यालय झोला, शैक्षिक सामग्री वितरण, ज्येष्ठ नागरिक सेवा, स्वास्थ्य तथा मानवीय सहयोगलगायत विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

पिउने पानी र फलफूल वितरण कार्यक्रमको समापनमा सताक्षीधाम धार्मीक तथा पयटकीय विकास संस्थाका उपाध्यक्ष डिकबहादुर बुढाथोकीले सामाजिक सेवामुखी कार्यमा सक्रिय पहिलो पाइला नेपाललाई आभार तथा धन्यवाद प्रदान गरे ।

त्यस्तैं, पहिलो पाइला नेपालका निरौलाले सताक्षीधाम व्यवस्थापन समिति तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै समाजसेवाका यस्ता अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।

सो कार्यक्रममा पहिलो पाइला नेपालका सल्लाहकार तथा दमकका सामाजिक अगुवा महेश घिमिरे, सताक्षीधाम धार्मीक तथा पर्यटकीय विकास संस्थाका उपाध्यक्ष झमक गौतम, पहिलो पाइला नेपालका केन्द्रिय सचिब दिवस खतिवडा, उपाध्यक्ष लबराज खडका, सचिव पूजा दाहाल, सदस्य गेहनाथ पोख्रेल, पत्रकार सुवास सुवेदी, पत्रकार सुजन गौतम लगायतको उपस्थिति थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *