काठमाडौँ, १९ साउन–राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्।

हाम्रो खेलकुद डटकमको ११औँ वार्षिकोत्सवका अवसरमा आज एरिका महिला र दीपेन्द्र पुरुषतर्फ वर्ष खेलाडी घोषित भएका हुन्। दीपेन्द्रका तर्फबाट राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु वर्माले अवार्ड ग्रहण गरेकी थिइन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र भाटभटेनी होल्डिङ निर्देशक कल्याण गुरुङले सम्मान प्रदान गरे।

एरिकालाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, नेपाल ओलम्पिक कमिटी ९एनओसी०का अध्यक्ष जीवनराम श्रेष्ठले सम्मान प्रदान गरे। उनीहरूले अवार्डसहित रु २५ हजार प्राप्त गरेका छन्।

हाम्रो खेलकुदले सातौँ वार्षिकोत्सवदेखि खेलाडी सम्मान र गत वर्षदेखि हाम्रो खेलकुद कन्क्लेभ आयोजना गर्दै आएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *