दमक, २० साउन–लायन्स इन्टरनेसनल डिस्ट्रिक-३२५ सी अन्तर्गत एरिया-२ का विभिन्न क्लवहरूको संयुक्त आयोजनामा झापाको दमकस्थित गणतन्त्र चौंकमा शान्ति दिपप्रज्ववलन गरिएको छ ।
पछिल्लो समय सुनसरीको इनरुवास्थित कप्तानगंजसहित सप्तरी र सिराहामा भएको जातीय साँस्कृतिक हिंसात्मक द्वन्दमा ज्यान गुमाएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै देशमा सद्भाव र शान्ति कायम होस् भन्ने मूल उद्देश्यले दिपप्रज्वलन गरिएको हो ।
लायन्स इन्टरनेशनल एरिया २ का चिफ विवेक बजगाईले दमकस्थित गणतन्त्त चोकमा भेला भएका लायन्सकर्मीहरुले शान्तिको कामना गर्दैं दीपप्रज्वलन गरिएको बताए ।
