शेरबहादुर देउवा

काठमाडौं, २१ साउन–उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते बेलुकी नेपाल आइपुग्ने कार्यक्रम तय भएको छ। देउवा उपचारका लागि निर्वाचनअघि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी हङकङ पुगेका थिए। उनी हङकङबाटै स्वदेश फर्कन लागेका हुन्।

यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्र पठाएर आफू साउनभित्रै नेपाल फर्कने जानकारी गराएका थिए।

गत वर्ष भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आक्रमण घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा देउवा दम्पतीको बयान आवश्यक रहेको भन्दै अख्तियारले पत्राचार गरेको थियो।

यसैबीच, देउवा पक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्दै छ। देउवा स्वदेश फर्किए पनि उक्त भेलामा सहभागी हुने वा नहुनेबारे भने अहिलेसम्म टुंगो लागेको छैन।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *