दमक, २६ भदौं–मारवाडी सेवा समिति दमकले रसुवाका बाढीपहिरो पीडितहरलई २ लाख ३५ हजार रुपैयाँ सहयोग रकम पठाएका छन् ।
मारवाडी सेवा समितिले रसुवास्थित भोटेकोशीका बाढी पीडितहरूका लागि प्रधानमन्त्री राहत तथा उद्धार र पुनःस्थापनाका लागि सो सहयोग रकम पठाएका हुन् ।
प्रधानमन्त्री राहत कोषको बैङ्क खातामा समितिका तर्फबाट सो रकम आज (बिहीबार) जम्मा गरिएको हो । समितिले मारवाडी सेवा सदनमा संक्षिप्त कार्यक्रम मार्फत सो बारेमा सार्वजनिक जानकारी गराएको छ ।
सो कार्यक्रममा राष्ट्रिय मारवाडी परिषद केन्द्रीय सदस्य राजेन्द्रकुमार अग्रवाल मारवाडी सेवा समिति अध्यक्ष सन्दिप साहेवाला, सचिव नवीनकुमार अग्रवाल, सहसचिव पङ्कज अग्रवाल, सल्लाहकार सदस्य गौतम गुप्ता, केशव अग्रवाल, पूर्वअध्यक्ष दिनेश अग्रवाल मारवाडी महिला मञ्चकी अध्यक्ष प्रिती साहेवाला मधु गुप्ता, सचिव निधि अग्रवाल लगायतको उपस्थिती रहेको थियो ।
