दमक, २५ भदौं–झापाको दमक–५ मा अवस्थित सर्वोदय इङलिस बोर्डिङ सेकेन्डरी स्कुलले मध्य भोटेकोशीमा आएको बाढीबाट विस्थापितहरुको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १लाख बढी रुपैया सहयोग उपलव्ध गराउने भएको छ ।
विद्यालयका प्रिन्सीपल नविन योगीका अनुसार विद्यालय परिवारको तर्फबाट रु १ लाख १ हजार १ सय ४५ राहत रकम जम्मा गर्ने निर्णय गरिएको हो। उनले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा व्यवस्थापन पक्षको सहभागितामा उक्त रकम संकलन गरी कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।
विपद्को समयमा पीडित परिवारको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उनले बताए । विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढीपीडितका लागि सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ ।

