दमक, ५ असोज–किरात राई पत्रकार संघ झापाको छैठौं जिल्ला अधिवेशनले रबिकिरण वान्तवा राईको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको छ ।
बिर्तामोडमा सोमबार सम्पन्न जिल्ला अधिवेशनले रबिकिरण बान्तवा राईसहित किरात राई पत्रकार संघ जिल्ला समिति सर्वसम्मत गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा भारती राई, सचिवमा सजन रुमाहाङ राई, सहसचिवमा निरन साम्पाङ राई र कोषाध्यक्षमा सोनिका राई चुनिएका छन् । त्यस्तैं, जिल्ला सदस्यहरुमा किशोर राई, दीपसन राई, सुनिम्मा राई लगायत छन् ।
संघका झापा अध्यक्ष तथा पत्रकार महासंघ झापा शाखाका सदस्य राजन साम्पाङ राईको अध्यक्षतामा छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । सो अधिवशेनमा संघका केन्द्रीय सल्लाहकार सदस्य रमेश समदर्शी राईको प्रम्ुख आतिथ्यता रहेको थियो ।
अधिवेशनमा आदिवासी जनजाती पत्रकार महासंघका पूर्व उपाध्यक्ष, किरात राई पत्रकार संघका संस्थापक दीपिन राई, आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापाका उपाध्यक्ष तीलक योञ्जन तामाङ, किरात राई पत्रकार संघ झापाका पूर्व अध्यक्ष अनिलदेब रार्ईको उपस्थिति रहेको थियो ।
संघको केन्द्रीय छैठौं महाधिवेशन यहि असोज ७ र ८ गते भोजपुरको पर्यटकीयस्थल चखेवा मुन्धुम मार्गम हुँदैछ । सो महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
