न्युयोर्क, ७ असोज–संयुक्त राष्ट्रसंघका महासचवि एन्टोनयिो गुटेरेसले तीन वर्षअघ िनेपालको सगरमाथा क्षेत्रबाट जलवायु परविर्तनका कारण हमिाली क्षेत्रमा देखनि थालेका जोखमिबारे दएिको चेतावनी अहलिे नेपालमा देखएिको वपिद्ले थप प्रस्ट पारेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई मंगलबार सम्बोधन गर्दै गुटेरेसले हमिालमा तीव्र गतमिा हउिँ पग्लरिहेको अवस्थाप्रत िआफूले त्यसबेलै वश्विको ध्यानाकर्षण गराएको स्मरण गरे।
उनले त्यतबिेला आफूले दएिको चेतावनीलाई कतपियले अतरिञ्जति भएको भन्दै अस्वीकार गरेको समेत उल्लेख गरे। तर अहलिे नेपालमा देखएिका दुःखद घटनाले जलवायु परविर्तनका असर अनुमान गरएिभन्दा छटिो र व्यापक रूपमा देखनि थालेको उनको भनाइ थयिो।
गुटेरेसले जलवायु परविर्तनको संकट अब टाढाको भवष्यिको वषिय नभई वश्विसामु प्रत्यक्ष देखएिको वास्तवकिता भएको बताए। ॅतीन वर्षअघ िनेपालका हमिालबाट मैले वश्विको छानो खसरिहेको चेतावनी दएिको थएिँ,’ महासभामा उनले भने, ॅअत्यन्तै तीव्र गतमिा हउिँ पग्लरिहेको वषियमा खतराको घण्टी बजाएको थएिँ।’
नेपालमा पछल्लिो समय भएका बाढी, पहरिो तथा अन्य वपिद्का घटनालाई जलवायु परविर्तनका बढ्दो असरको सन्दर्भमा उल्लेख गर्दै गुटेरेसले कमजोर तथा वकिासशील मुलुकहरूले यसको ठूलो मूल्य चुकाउनुपरेको बताए।
उनका अनुसार जलवायु परविर्तनमा कम जम्मिेवार रहेका देशहरू नै यसको असरबाट बढी प्रभावति भइरहेका छन्।
गुटेरेसले जलवायु परविर्तनको असर भोगरिहेका कमजोर देशलाई न्याय दनिुपर्नेमा जोड दएि। प्रदूषणमा ठूलो योगदान गर्ने पक्षले त्यसको लागत व्यहोर्नुपर्ने उनको भनाइ थयिो।
उनले वकिसति देशहरूले जलवायु वत्तिसम्बन्धी प्रतबिद्धता पूरा गर्नुपर्ने र जलवायु परविर्तनसँग अनुकूलनका लाग िउपलब्ध वत्तिीय सहायता बढाउनुपर्ने बताए।
वशिेषगरी हान ितथा नोक्सानी कोषमा पर्याप्त रकम नभएको भन्दै उनले असन्तुष्ट िसमेत जनाए। जलवायु परविर्तनबाट प्रभावति देशलाई आवश्यक सहयोग उपलब्ध गराउन उक्त कोषमा पर्याप्त स्रोत जुटाउनुपर्ने उनको भनाइ थयिो।
गुटेरेसले जलवायु संकटसँगै वश्विमा द्वन्द्व, असमानता र अन्तर्राष्ट्रयि नयिमको कमजोर कार्यान्वयन पन िगम्भीर चुनौतीका रूपमा देखा परेको बताए।
युक्रेन, गाजा, सुडान र म्यानमारलगायतका द्वन्द्वको प्रसंग उठाउँदै अन्तर्राष्ट्रयि कानुन तथा संयुक्त राष्ट्रसंघीय बडापत्रको सम्मान गर्न उनले आह्वान गरे।
यसैबीच, संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्र न्युयोर्कमा सुरु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले बहिीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

