युवराज खनाल ‘सागर’

दमक, ९ असोज—नेपाली कांग्रेस पार्टी दमक नगर समितिको सभापतिमा २६ मत अन्तरले युवराज खनाल ‘सागर’ निर्वाचित भएका छन् ।

१५औँ नगर अधिवेशनअन्तर्गत शुक्रबार भएको निर्वाचनमा खनालले १६५ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् । सभापति पदमा प्रतिस्पर्धा गरेका राजेन्द्र सिटौलाले १३९ र प्रेम भट्टराईले ५९ मत प्राप्त गरे । खनाल र सिटौलाबीचको मतान्तर २६ मत रहेको छ ।

दमक–८ स्थित अर्गानिक कृषि भवनमा भएको निर्वाचनमा सभापति पदका लागि तीन उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचन समितिका संयोजक टीकाराम भण्डारीका अनुसार कुल ३८७ मत खसेको थियो ।

यस निर्वाचनबाट नगर समितिको उपसभापति पदमा ठाकुरहरि पोखरेल २०८ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी नारायण धिमालले १३९ मत प्राप्त गरे। पोखरेल र धिमालबीचको मतान्तर ६९ मत रहेको छ ।

सचिव पदमा युवराज कोइराला २३३ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी लीला तिम्सिनाले १४२ मत प्राप्त गरिन् । सचिव पदमा कोइराला र तिम्सिनाबीचको मतान्तर ९१ मत रहेको छ ।

सह-सचिव पदमा भने दुई उम्मेदवारबीचको मतान्तर ५ मतमा सीमित रह्यो । रविन्द्र दाहालले १८४ मत प्राप्त गर्दै निर्वाचित हुँदा धर्मराज ढुङ्गानाले १७९ मत प्राप्त गरे ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *