कमल गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन

कमल, ९ असोज–झापाको कमल–२ क्याम्पास्थित गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज  उद्घाटन गरिएको छ ।

शुक्रवार बिहान गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको प्राङ्गणमा एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले सो प्रशासनिक भवनको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी कमल गाउँपालिका सभापति केदार चापागाईं, कमल–२ का वडाध्यक्ष अशोक सुब्बा, कमल गाउँपालिकाका पूर्व उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी तथा वर्तमान उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरुले नयाँ प्रशासनिक भवन निर्माणसँगै गाउँपालिकाबाट नागरिकलाई प्रदान गरिँदै आएका सेवा थप व्यवस्थित, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।

नयाँ भवनबाट सेवाग्राहीलाई सेवा लिन सहज हुनुका साथै गाउँपालिकाको प्रशासनिक कार्यसम्पादनमा समेत प्रभावकारिता आउने बताइएको छ ।

नयाँ भवन सञ्चालनमा आएसँगै सार्वजनिक सेवाहरूलाई थप व्यवस्थित, सहज, छिटोछरितो र प्रभावकारी बनाउन सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *