दमक, ९ असोज–स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले आज १७औं वार्षिक साधारणसभामा पत्रकार सुजन गौतमलाई नगदसहित सम्मान गरेको छ ।
दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी साकोसले दमकमा आर्थिक वर्ष २०८२।०८३ को प्रगती प्रतिवेदन र आय–व्ययको विवरण सार्वजानिक कार्यक्रमको अवसरमा पत्रकार गौतमलाई सम्मान गरेको हो ।
दमकस्थित कस्मिक पाटी प्यालेसमा आयोजित वार्षिक साधारणसभामा पत्रकार गौतमलाई रु १० हजार नगदसहित सम्मान–पत्र र दोसल्ला ओढाएका थिए ।
स्वर्णलक्ष्मी साकोसका अध्यक्ष बुद्धिसागर (विमल) बरालले र सञ्चालक समितिका पूर्वसदस्य तथा जेष्ठ शेयर सदस्य तुलसीराम प्रसाईले पत्रकार गौतमलाई सम्मान गरेका हुन् ।
तेह्रथुममा जन्मिएका गौतमले दमकमा अध्ययनसंगै पत्रकारितमा कमल चलाई रहेका छन् । दमकमा मल्टि मिडिया डट.कम.को प्रकाशन र सम्पादनको जिम्मेवारीमा छन् ।
स्वर्णलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको मोरङको उर्लाबारीसहित झापाको गौरादह, सुरुङ्गा, झिलझिलेमा सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।
