बिर्तामोड, ११ असोज–सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड चारपानेको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार खतिवडाले २१ हजार ९ सय ८४ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्ष पदका प्रतिस्पर्धी उपेन्द्रप्रसाद ओलीले ७ हजार ३ सय ९७ र भरतकुमार गिरीले ४ हजार २ सय ६३ र मत प्राप्त गरे।
त्यस्तै, सहाराको लेखा सुपरीवेक्षण समिति संयोजकमा डम्बर देउजा निर्वाचित भएका छन्। देउजाले १९ हजार ५ सय ७० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शंकर सुवेदीले ११ हजार ६ सय ५९ मत पाए।
त्यस्तै, संस्थाको वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल १८,९३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस पदमा प्रतिस्पर्धा गरेका टेकनाथ खनालले ४,७९९ मत, हेमराज गिरीले ४,०९५ मत र ज्ञाननाथ मैनालीले ५,६२७ मत प्राप्त गरेका छन् ।
महिला उपाध्यक्षमा पार्वती भारती गिरी २०,०८१ मत प्राप्त गर्दै विजयी भएकी छिन् । अन्य उम्मेदवारहरू खिनमाया बस्नेतले ५,५१० मत, गृहमेश्वरी बुढाथोकीले ३,५८६ मत र सुश्री हरिमाया सिग्देलले ३,८७१ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा लक्ष्मीप्रसाद आचार्य १९,५६३ मत ल्याएर निर्वाचित भएका छन् । यस पदका अन्य उम्मेदवारहरू भिमबहादुर गिरीले ७,०४३ मत र भोला धितालले ६,२४२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, खुला सदस्यतर्फ नारायणप्रसाद गिरी ११,८९६, मदनराज कटुवाल १२,८२७ र रमेश सेढाई ९४२५ मत प्राप्त गर्दै विजयी भएका छन् । महिला सदस्यतर्फ राधिका चुडाल हुमागाईं १२,०४२ र शिखा खड्का १३,०४५ मत प्राप्त गर्दै विजयी भए ।
यता, लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा १९,५७० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी शंकर सुवेदीले ११,६५९ मत प्राप्त गरेका छन् ।
लेखा सुपरिवेक्षण समितिको सदस्यहरूमा बविता घिमिरे १७,२२७, सुनील कार्की १५,४८८ मत प्राप्त गर्दै विजयी भएका छन् ।

