काठमाडौं, १५ असोज–नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका छन्।

राष्ट्रिय च्याम्पियन द्वय अग्रिम सैंजुले युवा १३ वर्ष र अग्रता आचार्यले युवा ११ वर्षमा प्रतिस्पर्धा गर्नेछ। उनीहरुको साथमा खेलाडीका अभिभावक अमुल्य आचार्य साथमा गएका छन्।

रसियाको बुनरेभो स्थित तुला क्षेत्रमा बिहिबार देखि सञ्चालन हुने २० औं एशियाली विद्यालय स्तरीय चेस च्याम्पियनसिपमा क्लासिकल, रापिड तथा ब्लिट्ज विधा ९ चरणको खेल हुनेछ।

एशियाली चेस महासंघ ९एसिएफ०को सहकार्यमा स्थानीय आयोजकले फिडेको लागु कार्यविधि अधिनमा रहि प्रतियोगिता ९(९ चरणका खेल चल्नेछ।

प्रतिस्पर्धा अक्टोबर १ देखि ११ खेलका लागि १२ राष्ट्रका ३२१ खेलाडीहरुको सहभागीता सुनिश्चित भइसकेको छ।
प्रतियोगितामा नेपाल सहित चिन, इन्डोनेसिया, भारत, इरान, काजकिस्तान, पाकिस्तान, रुस, श्रीलंका, ताजकिस्तान, तुर्किमिनिस्तान र उज्बेकिस्तानका उच्च वरियता खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।

जस अन्तर्गत छात्रा तर्फ युवा ११ वर्षका अग्रता आचार्य र छात्र तर्फ युवा १३ वर्यका अग्रिम सैंजुले आफ्नो समूहमा स्वर्ण, रजत तथा काश्य पदकको लक्ष्य बोकेका छन्।

खेलाडीको हवाइ टिकट, खाना तथा आवासको व्यवस्था नेपाल बुद्धिचाल महासंघको व्यवस्थापनमा भएको हो। पछिल्लो समय महासंघले नेपाली चेस खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय सहभागीताको अधिक अबसर श्रृजना गरिरहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *