पर्सा, ५ जेठ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको आरोप लगाएका छन् ।

एमाले पर्साको नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसले माने पनि नमाने पनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने दावी गरे ।

कांग्रेसले जे–जे भन्छ त्यो मान्नु पर्ने नहुने उनको भनाइ छ । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

यसैबीच अध्यक्ष ओलीले आजै बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन पनि गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *